सोतो कराँते टोली दुबई प्रस्थान

काठमाडौं । कराँते सेमिनारमा सहभागी हुन नेपाली सोतो कराँँते टोली दुबई प्रस्थान गरेको छ । 

शुक्रबारदेखि शुरु हुने दुईदिने सेमिनारमा नेसनल सोतो कराँते डो संघ नेपालका अध्यक्ष राजेन्द्र बानियाँ, उपाध्यक्ष बलबहादुर कुँवर, सचिव घनश्याम भट्ट तथा सदस्य सन्जिव बस्नेत र डिल्ली पंगेनी सहभागी हुने छन् ।

त्यस्तै दुबईमै हुने एडभान्स कोचिङ डिप्लोमा सहभागी हुन फणिन्द्र ओझा पनि टोलीसँगै प्रस्थान गरेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सोतो कराँते संघका उपाध्यक्ष गजेन्द्र साओदले बिदाई गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?