कोलम्बियामा कार बम विस्फोट, ९ को मृत्यु, ३८ घाइते

एजेन्सी । कोलम्बियाको राजधानी बोगोटा शहरको दक्षिणी भागमा कार बम विस्फोट भएको छ । 

बोगोटा शहरको दक्षिणी भागमा एक पुलिस क्याडेट स्कूलको बाहिर भएको उक्त बम विस्फोटबाट कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । 

रक्षा मन्त्रालयका अनुसार घाइतेमध्ये एक पनामा र इक्वाडोरका नागरिक पनि छन् ।

बिस्फोट स्थानीय समयानुसार ९ः३० बजे भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार एक कार स्कूल बाहिर तिब्र गतिमा आएको थियो । र चेकप्वाइन्टमा रहेका सुरक्षाकर्मीले त्यस कारलाई रोक्ने कोसिस गरेका थिए । तर, ड्राइभरले कारको गति झन तिब्र गतिमा बढायो जसका कारण कार पर्खालमा ठोक्कियो । कार ठोक्किने बित्तिकै ठूलो आवाजमा विस्फोट भयो । 

दुर्घटनामा कार ड्राइभरको मृत्यु भएको आशंका गरिएको छ ।

त्यस्तै कोलम्बियाका राष्ट्रपति इवान ड्युकले उक्त हमलालाई गम्भीर भएको बताएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?