फ्राइडे रिलिज: आजदेखि सिनेमा घरमा ‘गरुड पुराण’

काठमाडौं । आज शुक्रवारबाट नेपालका हलमा चलचित्र ‘गरुड पुराण’ रिलिज हुँदैछ । कमेडी जानरामा निर्माण भएको यो फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।

कमेडी जानराको बाढी आइरहेका बेला निर्माण टिमले सोही प्रवृत्तिलाई उठाउँदै यो शैलीको फिल्म निर्माण गरेको हो ।

कर्मा शाक्य, नाजिर हुसेन, कामेश्वर चौरासिया, प्रियंका सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मको ट्रेलरले राम्रै प्रतिक्रिया पाएको छ । यद्यपि फिल्मले प्रचार भने खासै गर्न सकेन ।

फिल्ममा आकाश बरालको संवाद, स्किृनप्ले सुवास कोइराला, विनोद खतिवडा र आकाश बरालको छ भने अजित प्रजापति र अशोक गौतमले फिल्म निर्माण गरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?