बार्सिलोना कोडा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बिहीवार राति सम्पन्न भएको प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोल अन्तरले पराजित ग-यो ।

समग्रमा बार्सिलोनाले ४-२ गोल अन्तरको जीत निकाल्दै अन्तिम आठको स्थान तय गरेको हो । यसअघि भएको पहिलो लेगको खेलमा बार्सिलोना लेभान्तेसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

खेलको ३ं० औँ मिनेटमा उसमान डेम्बेलेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ३१ औँ मिनेटमा डेम्बेलेले दोस्रो गोल गरे । पहिलो हाफसम्म दुई-शुन्य गोल अन्तरले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल ग-यो । ५३ औँ मिनेटमा मेस्सीले गोल गरे । 

त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा इस्पानियोलले भिल्लारियललाई ३-१ गोल अन्तरले पराजित ग-यो । समग्रमा इस्पानियोलले भिल्लारियललाई ५-३ गोल अन्तरले पराजित गर्दै अन्तिम आठको स्थानत तय गरेको हो ।

यता रियल बेटिस र रियल सोसिडाटबीचको खेल भने २-२ गोलको बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?