भारतका धर्मगुरु गुरमित रामरहिम सिंहलाई आजीवन करावासको सजाय

एजेन्सी । हरियाणा राज्यको पन्चकुला अदालतले भारतका धर्मगुरु गुरमित रामरहिम सिंहलाई आजीवन करावासको सजाय सुनाएको छ । 

दुई महिलाको बलात्कार मुद्दामा २० वर्षको जेल सजाय भोगी रहेका राम रहिमलाई अदालतले पत्रकार हत्यामा अर्को सजाय सुनाएको हो । 

राम रहिमको आश्रममा महिलामाथि भएको दुव्र्यवहारको विषयमा खुलासा प्रयास गरेका पत्रकार रामचन्द्र छत्रपतिको सन् २००२ मा गोली हानी हत्या गरिएको थियो । पत्रकार छत्रपतिले राम रहिमविरुद्ध एक लेख लेखेको आरोपमा गोली हानी हत्या गरिएको थियो । 

हरियाणा राज्यको पन्चकुला अदालतमा राम रहिमलाई सुरक्षाका कारण कारागारबाटै भिडियो कल मार्फत उपस्थित गराइएको थियो । 

पत्रकार रामचन्द्रको हत्या आरोपमा राम रहिमसहित उनका अन्य तिन सहयोगीलाई समेत अदालतले दोषी ठहर गरेको छ ।

सहयोगी तिनमध्ये दुईलाई पनि आजीवन कारावासको सजाय सुनाइएको छ । 

पत्रकार छत्रपतिको हत्या अनुसन्धानका क्रममा प्रहरीले रामरहिमले दुई महिलामाथि बलात्कार गरेको पत्ता लगाएको थियो ।

पत्रकार हत्या र दुई महिला बलात्कारमा दोषि ठहर भएका रामरहिमलाई कारागार लैजाने क्रममा उनका समर्थकले गरेको प्रदर्शनमा ३८ जनाको मृत्यु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?