कंगो सरकारलाई राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक नगर्न अफ्रिकन युनियनको आग्रह

एजेन्सी । अफ्रिकन युनियनले राष्ट्रपतीय निर्वाचनको नतिजा तत्काल सार्वजनिक नगर्न कंगो सरकारसँग आग्रह गरेको छ । 

राष्ट्रपतीय निर्वाचनको नतिजा आज (शुक्रवार) सार्वजनिक गर्ने तयारी भइरहेको बेला युनियनले यस्तो आग्रह गरेको हो । 

निर्वान प्रति आशंका उत्पन्न भएका कारण एकता र लोकतन्त्रलाई स्थापित गर्न राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक नगर्न कंगो सरकारसँग आग्रह गरेको हो । 

प्रतिपक्षी नेता फेलिक्स सिसेकडीले जित हात पारे पनि हालको प्रशासन विरोधी मानिएका मार्टीन फायुलुले आफुले जितेको दाबी गर्दै आएका छन् । 

गत डिसेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको नतिजा प्रति अफ्रिकन युनियनले गम्भीर चासो व्यक्त गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?