महिला टी-ट्वान्टी स्म्यास क्रिकेट : नेपाल फाइनलमा प्रवेश, इन्डोनेशिया ११ ओभरमा अलआउट

काठमाडौं । नेपाल थाइल्याण्डमा जारी महिला टी-ट्वान्टी स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ  ।

बैककको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले इन्डोनेशियालाई ९२ रनले पराजित गर्दै अन्तिम दुईको स्थान तय गरेको हो ।

१ सय २१ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको इन्डोनेशियाको पारी ११ ओभरमा सबै विकेटको क्षतीमा मात्र २७ रनमा समेटिएको थियो । इन्डोनेशियाका लागि युलिया एङगग्रानीले सर्बाधिक १३ रन जोडिन् । तर, उनलाई नेपालकी नेरी थापाले आउट गरिन् । 

इन्डोनेशियाले ११ रन बनाएको स्थितीमा पहिलो विकेट गुमाएको थियो । इन्डोनेशियाको पारी ध्वस्त पार्ने क्रममा नेपालकी रुविना क्षेत्रीले सर्बाधिक तीन विकेट लिन सफल भइन् । उनले दुई खेलाडीलाई भने रन आउट गरिन् ।

त्यस्तै  कविता कुवँर, सरिता मगर, सिता रानामगर र नेरी थापाले समान एक एक विकेट हात पारिन् । 

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाउँदै १ सय २० रनको लक्ष्य तयार पारेको थियो । नेपालका लागि सिता राना मगरले उत्कृष्ट ब्याटिङ गरिन् । अर्धशतकिय पारी खेल्न केही रनले मात्र पछि परेकी उनले ४८ रनको योगदान दिइन् ।

यता इन्दु बर्माले नटआउट ३७ रन जोड्न सफल भइन् । त्यस्तै काजल श्रेष्ठले १४ रन बनाइन् । अहिले विजयी लक्ष्य लिएर इन्डोनेशियाले ब्याटिङ गरिरहेको छ । 

जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने इन्डोनेशिया समूह ‘बी’को उपविजताको रुपमा अन्तिम चारमा स्थान तय गरेको थियो । अब नेपालले युएई र थाइल्याण्डबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणको चार खेलमा नै नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । सन् २००७ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको नेपाल १२ वर्षपछि पहिलो पटक फाइनलमा पुगेको हो। 

नेपाली महिला टिमले यू-१९ क्रिकेटको उपाधि ह्याट्रिक गरेपनि सिनियर टिमको नतिजा भने खासै सम्झन लायक छैन । सेमिफाइनलबाटै घर फर्किएको महिला टिमले यस पटक भने ऐतिहासिक सफलता प्राप्त गर्न सफल भयो । १२ वर्षको अन्तर्राष्ट्रिय सहभागितामा नेपालले पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।

 सन् २०१३ मा थाइल्याण्डमा सम्पन्न एसीसी महिला क्रिकेटमा भने नेपाल अन्तिम पटक सेमिफाइनलसम्म पुगेको थियो । त्यतिबेला नेपाल थाइल्याण्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । 

नेपालले यहि फागुनमा थाइल्याण्डमा नै हुने आइसीसी टी-ट्वान्टी विश्वकप छनोटको तयारी खेल पनि खेल्दैछ । यसैको तयारीस्वरुप खेलिएको यो प्रतियोगितामा नेपालले उत्कृष्ट प्रर्दशन गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?