गरिब तथा जेहेनदार छात्राहरुका लागि अक्षय कोष स्थापना

काठमाडौं । काठमाडौंको भिमसेनगोलास्थित मोडर्नकन्या मल्टिपल कलेजमा अध्यनरत गरिब तथा जेहेनदार छात्राहरुको लागि यही माघ ३ गते बिहीवार ३ लाख ५१ हजार ११ रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । बत्तीसपुतली निवासी विन्दा रेग्मीले आफ्नो स्वर्गीय पिता शिक्षासेवी लोकेन्द्रप्रसाद आचार्यको नाममा सो अक्षय कोष स्थापना गरेकी हुन् । 

उनले कलेजका अध्यक्ष डा. रामप्रसाद दाहाललाई चेक हस्तान्तरण गर्दै सो रकमले जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका छात्राहरुको अध्ययनमा टेवा पु-याउने विचार व्यक्त गरिन् ।  

कार्यक्रममा बोल्दै डा. दाहालले सहयोगी मन र उच्च विचार भएको भन्दै विन्दा रेग्मीप्रति आभार व्यक्त गरेका थिए ।  कलेजका प्रिन्सिपल सविन पोख्रेलले सो कोषको दुरुपयोग नहुने र दुई छात्राहरुले उक्त रकमबाट अध्ययन गर्ने अवसर प्राप्त गर्ने जानकारी दिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?