सलमानको ‘दबंग ३’ मा को होलान् भिलेन?

काठमाडौं । बलिउड स्टार सलमान खानको सुपरहिट फिल्म सिरिज ‘दबंग ३’ को दर्शकलाई पर्खाइ छ । यो फिल्मको शूटिङ अप्रिलबाट हुने समाचार आइरहेका छन् । फिल्ममा सलमान खान चुलबुल पाण्डेको भूमिकामा देखिँदैछन् ।

यतिबेला भने सलमानको मात्र चर्चा नभएर यो फिल्ममा भिलेन को होला भनेर समेत चर्चा हुन थालेको छ ।

एक समाचारका अनुसार यो फिल्ममा कन्नड एक्टर सुदीप फिल्ममा भिलेनको भूमिका निभाउँदै छन् । फिल्मको शूटिङ ९० दिनमा पूरा हुँदैछ । फिल्म रिपोर्टसका अनुसार यो फिल्ममा सलमान र सुदीपलाई लिने प्रक्रिया लामो समयदेखि चल्दै आएको थियो । फिल्मको कहानी पनि सुदीपले रुचाएको बताइएको छ ।

यद्यपि सुदीपले फिल्म साइन भने गरिसकेका छैनन् । सलमानले केही दिन पहिले सुदीपको आउनेवाला फिल्म ‘पैलवान’ लन्च गरेका थिए । सलमान र सुदीप फिल्म क्षेत्रभन्दा बाहिर साथी पनि हु्न् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?