अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ओमनले सहभागीता जनाउने

काठमाडौं । काठमाडौंमा आगामी मार्चमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ओमनले सहभागीता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल सरकारले आँउदो मार्च २९ र ३० गते काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछ । ओमनका अर्थमन्त्री र्डावीस विन इज्माइल विन अली अल वलुसीले दुई देशबीच व्यापारीक साझेदारको आवश्यकता रहेको बभन्दै सम्मेलनमा सहभागी ता जनाउने प्रतिबद्धता व्यक्त गरेको हो । 

ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसँगको भेटमा ओमनका अर्थमन्त्री वलुसीले उक्त सम्मेलनले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने बताए । 

यसैगरी भेटमा ओमनमा कार्यरत नेपाली महिलाले घरेलु कामदारमा पुनः श्रम स्वीकृति नदिदाँ आफूहरु घर फिर्न नपाएको भन्दै ओमनस्थित नेपाली दूताबासको ध्यानाकर्षण गराउँदै राजदूत ढकालले घरेलु महिला कामदारहरुको पुनः श्रमस्वीकृति खुलाइदिन राजदूत समक्ष अनुरोध गरेकी थिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?