बुबाको गिफ्टले फेरिएको अजय देशारको सफलताको कथा, चित्रकार बन्न पुलमुनिसम्म सुते (भिडियो सहित)

‘बुवाले हातमा हल्लाउँदै एउटा ब्रस देखाउँदै छोरालाई भने यो एउटा सानो ब्रस मैले बाटोमा भेट्टाएको । यो ब्रस तिम्रो जीवन परिवर्तन गर्ने कडी बनोस् ।”

बुबाले दिनु भएको त्यो सानो उपहारलाई छोराले हाँसेर स्वीकार गरे । त्यसैले उनको जीवन सधैको लागि परिर्वतन ग-यो । 

सन् १९८३ मा चापागाँउमा जन्मेका अजय देशार पेशाले चित्रकार हुन् । सानोहुँदा देखिनै उनलाई चित्र बनाउनमा रुचि थियो  ।  

नेवार समुदायमा एउटा चलन छ । औधी लोभलाग्दो चलन छ : कुनै कामको शुरुवात गर्नुभन्दा अगाडि, राम्रो कामको प्रत्साहनको लागि, कुनै पनि परिक्षा पास गरे पछि, कार्य सफलपछि आदिमा सगुन दिने गरिन्छ । 

देशारका बुबाले सगुनको रुपमा एउटा ब्रस दिए र भने, “यो तिम्रो लागि मेरो तर्फबाट उपहार यसले तिम्रो भविष्य राम्रो होस् ।”

सगुन दिने चलन अनुसार एसएलसी पास भएको वर्ष  देशारका बुबाले सगुनको रुपमा एउटा ब्रस दिए र भने, “यो तिम्रो लागि मेरो तर्फबाट उपहार यसले तिम्रो भविष्य राम्रो होस् ।”

बुबाले के सोचेर आफूलाई ब्रस दिनुभएको थियो अजयलाई त्यो दिन थाहा थिएन । तर आज भन्छन्, “त्यो सानो ब्रस मेरो जीवनको एउटा ‘टर्निङ्ग पोइन्ट’ भयो ।”

ब्रस उपहार पाएपछि उनले बुबासँग केहि प्रश्न गरेनन् । तर एउटा अठोट पाले अरु क्षेत्रमा भन्दा कला क्षेत्रमा अब्बल बन्ने । त्यहि सपना साकार पार्न सन् २००३ सालमा ललितकला क्याम्पसमा उच्च अध्ययनको लागि भर्ना भए । 

ती  दिनहरु सम्झदै उनी थप्छन्, “म जानी/नजानी कला क्षेत्रमा प्रवेश गरेको हुँ । सबै कामहरुलाई आर्थिक रुपमा तुलना गर्ने गरिएको समयमा मैले चित्रकारितालाई मेरो भविष्यकोे रुपमा रोजे ।” यो आफैँमा कठिन थियो । हुन पनि अन्य समुदाय भन्दा नेवारी समुदाय व्यापार व्यवसायमा बढी नै तल्लीन भएको पाईन्छ ।   

क्रमिक रुपमा चित्रकारिता आफ्नो पेशा बनाउने सपना अजयको मानस्पटलमा हुर्किन थाल्यो । तर उनी प्रश्नै प्रश्नले घेरिए । 

बिना कामको चित्रकारिता गरेर यसले के पाउँछ ?

एउटा चित्र बेचेर यसले आफ्नो जीवनमा कति कमाउँला ? 

कसरी घरपरिवार धान्ला ?

यसलाई खर्च कसरी पुग्ला ?

आउ बरु जागिर गर । कुनै व्यापार गर । कुनै व्यवसायमा समय खर्चिनू  

निकै पेचिला प्रश्न उनको यात्रा रोक्न प्रयासरत थिए तर अजयले ति सबै प्रश्न सुने र आफ्नो गन्तव्य तय गरे । किनकी उनलाई आफ्नो क्षमतामा पूरा विश्वास थियो  । त्यसमाथी उनीसँग एउटा शक्ति थियो । बाबाको साथ । उनले सुनाए, “मेरो सबै भन्दा ठूलो हिम्मत नै बुबा हुनुहुन्थ्यो ।” 

“मेरो सबै भन्दा ठूलो हिम्मत नै बुबा हुनुहुन्थ्यो ।” 

अजयले चित्रकारिता शुरु गर्दा धेरै कमलाई मात्र कलाकारिता÷चित्रकारिताको विषयमा थाहा थियो । हातमा लिएर हिडेको  एउटा ब्रस र क्यानभासको अर्थ कसैले पनि बुझ्दैन थिए । मानिसहरु चित्रकारिताबाट आफ्नोे जीविको पार्जन गर्छन् भन्ने सम्म नपत्याउने समयमा कुनै गतिलो उदाहरणहरुपनि थिएनन् उनका लागि ।

“स्वाभिकरुपमा ममथि पनि के गर्ला यसले भनेर प्रश्न उठनु सहि पनि थियो ।” तर उनी निरास भएनन् उनी दृढ विश्वासका साथ अगाडि बढ्दै गए । 

फ्ल्यासब्याकमा पुगेर उनी भन्छन्, “स्वाभिकरुपमा ममथि पनि के गर्ला यसले भनेर प्रश्न उठनु सहि पनि थियो ।” तर उनी निरास भएनन् उनी दृढ विश्वासका साथ अगाडि बढ्दै गए । 
ललितकला क्याम्पस खोज्नमात्र उनलाई दुई दिन लाग्यो । के गर्ने, कहाँ जाने ? उनलाई केही पनि थाहा थिएन् । पढाइसँगै उनले आफ्नो रुचीलाई लक्ष्यसित जोडेर हेर्न थाले । 

रुचीलाई लक्ष्यसित जोड्नु पक्कै पनि सजिलो भएन, अजयलाई । त्यसमाथि समाज चित्रकारितासँग अनविज्ञ थियो । 

चित्र बनाउनकै लागि कलेजबाट उनी गाउँहरुमा जाने गर्थे । त्यहाँका मानिसहरुको नजरमा उनी नेपाल सरकारले पठाएको जासुस भए । चित्रकारको पहिचान बनाउन हिडेका अजयलाई जासुसको उपनाम दिईयो ।

गाउँलेहरुबाट आफूले कुटाई खाएको सम्झँदै उनी मुस्कुराउँदै सुनाउँछन्,  “गाउँलेले आँखा तानीतानी हेर्नु, कुटाई खानु, लखेटिनु, दौडादौड र भागाभाग हुनु दैनिकी बन्यो ।”  

गाउँलेहरुबाट आफूले कुटाई खाएको सम्झँदै उनी मुस्कुराउँदै सुनाउँछन्,  “गाउँलेले आँखा तानीतानी हेर्नु, कुटाई खानु, लखेटिनु, दौडादौड र भागाभाग हुनु दैनिकी बन्यो ।”  

धेरै पटक त उनी गाउँलेहरुको डरले बिहानको चार नै बजे स्पटमा गएर सूर्य उदाएको चित्र बनाउँथे । सवेरै सबै काम सकाएर उनी घर आउँथे । 

चित्रकारितामा प्रवेश गरेको दुई वर्ष पछि पाँच दिन लगाएर उनले एउटा चित्र बनाए । भने, “सायद त्यो मैले मेरो जीवनमा कोरेको सबै भन्दा उत्कृट चित्र थियो ।” 

उनी प्रशंसा पाउँने कुरामा त ढुक्क थिए र उनले सोचेका पनि थिए त्यसको मुल्य पनि राम्रो हुनेछ । 

तर ठ्याक्कै उल्टो भयो । जसले उनलाई चित्र बनाउन लगाएका थिए उक्त व्यक्तिले उनको हातमा ‘एक मोहोर’ थमाइदिए । उनलाई पत्याउनै मुस्किल भयो । पाँच दिन लगाएर बनाएको चित्रको मूल्य मात्र एक मोहोर । उनी निरास भए । उनलाई झनक्क रिस पनि उठ्यो । चित्त दुख्यो । आत्तिए पनि । उनले त्यो एकमोहोर लिएनन् उल्टै धन्यवाद दिएर फर्किए ।

उक्त मान्छे देशारको ग्राहक थिए तर नाम उनले खुलाउँन चाहेनन् । 

“चित्रको अर्थ सबैजनाले बुझ्दैनन् । बुझ्ने भएको भए त सबैले माया पनि गर्थे होला ।” उनलाई यस्तै लाग्यो । 

तर अचम्म । 

एक मोहोरले उनले आफ्नो जीवनमा अमुल्य पाठ सिकायो । एक मोहोरको घटनाले उनलाई अमुल्य पाठ सिकाएर गयो ।

उनमा आत्मविश्वास भरिएर आयो । अजय झनै मिहिनेती बन्दै गए ।  

ललितकला क्याम्पसमा स्नातक तह सकाएर उच्च शिक्षाका लागि उनी  लण्डन गए । लण्डन गएको शुरुको ६ महिना उनले काम नै पाएनन् । 

नेपालमा हुँदा उनले सञ्चारमाध्यमा मात्र सुनेका र पढेका थिए नेपालीहरु काम नपाएर रेल वे ट्रयाकमा सुत्छन् । सुनेको कुरा यथार्थमा आईलाग्यो । 

उनी आफैँ लण्डन ब्रिजको स्टेशनमा धेरै दिन सुते । भन्छन्, “मैले कलाकार बन्ने संघर्षमा दुःख पाएर बाटोमा नै सुतेको र पढेको थिएँ, यो कुरा आफैले नै भोग्नुप-यो ।”

उनले समय यतिकै खर्च गरेनन् । चित्र कोर्न थाले, स्केच बनाउन थाले । एउटा स्केच ३० पाउण्डमा बेच्न थाले । नेपालबाट आफूसँगै लिएर गएको चित्रहरु पनि उनले बेचे । यसले उनलाई जीवनयापन गर्न सहज मात्रै भएन लण्डनमा स्थापित नै गरायो । 

उनी भन्छन्, “धेरै दुख गर्नुपर्यो । तर मसँग भएको सीपको कारण केहि राहत भयो नै । अरुको जस्तै मेरो पनि सर्टिफिकेट थियो तर पनि त्यसले केहि काम गरेन । सर्टिफिकेटकै भरमा मात्र हिँडेको भए भोको पेट बस्नुपर्ने  अवस्था आउँथ्यो ।” उनीसँग धेरै सर्टिफिकेटहरु पनि छन् । तर आज उनी जति सफल छन् त्यसको पछाडि उनको कलाले काम गरिरहेको छ न कि कुनै सर्टिफिकेटले ।

“म सँग जुन सिप छ, जुन कला छ, त्यसैले मलाई आज सम्म बाँच्नको लागि मद्दत गरिरहेको छ ।” उनले भने, “सर्टिफिकेट हुनु राम्रो कुरा हो तर त्यो बाहेक पनि कुनै कला हुनु महत्तवपूर्ण हो ।” उच्च शिक्षापछि उनी स्वदेश फर्किए । 

“म सँग जुन सिप छ, जुन कला छ, त्यसैले मलाई आज सम्म बाँच्नको लागि मद्दत गरिरहेको छ ।” उनले भने, “सर्टिफिकेट हुनु राम्रो कुरा हो तर त्यो बाहेक पनि कुनै कला हुनु महत्तवपूर्ण हो ।”

उच्च शिक्षापछि उनी स्वदेश फर्किए । 

चित्रकार र चित्रकला नबुझ्ने ठाउँमा किन फर्किनुभयो ? 

जिज्ञाशा तेर्सियो । 

लण्डन बसाइमा सम्मानजनक जीवनयापन र लोभलाग्दो कमाइ देखाएर मलाई रोक्न खोज्ने साथी धेरै थिए । तर म त्यहाँ बस्नै सकिन । नेपाल आएँ । चित्रकला सिक्दै गर्दा आफूले पाएको दुःखलाई सम्झिँदै कला क्षेत्रमा केही गर्छु भनेर फर्किएँ । 

साढे ३ वर्षको लण्डन बसाइपछि फेरि ललितकलामा कलामै मास्टर्स गरेँ ।

अध्ययन र काम सँगै उनले फेरी केहि नौलो काम गर्ने कोशिस गरे । सन् २०१२ मा उनले योङ्ग पिकासुको स्थापना गरे ।

योङ्ग पिकासु पाटनको सुन्धारामा अवस्थित छ जहाँ दुईसय भन्दा बढि नानीहरुले चित्र बनाउँन सिकिरहेका छन् । 

“योङ्ग पिकासु कला पे्रमिहरुको लागि एउटा संस्था हो । जो अवशरबाट बञ्चित भएका छन् उनीरुको प्रोत्साहनको लागि एउटा राम्रो मौका हो ।”

उनी भन्छन्, “योङ्ग पिकासु कला पे्रमिहरुको लागि एउटा संस्था हो । जो अवशरबाट बञ्चित भएका छन् उनीरुको प्रोत्साहनको लागि एउटा राम्रो मौका हो ।”

सानो छँदा आफू अवसरबाट बञ्चित भएका करण पनि उनले कला भएका र प्रस्तुत गर्न नपाएका नानीहरुलाई मद्दत गर्ने हेतुले 'योङ्ग पिकासु:अ कम्यिूनिटि स्कूल अफ फाईन आर्ट' शुरु गरेको उनले बताए । पाटनको सुन्धारामा स्थापना गरेका हुन् । प्रारम्भिक चरणका चित्रकारहरुलाई यस स्कूलले चित्र कोर्न सिकाउँने गरेको छ । कुन उमेरको व्यक्तिले चित्र कोर्न सिक्छन् भन्ने हाम्रो प्रश्नको जवाफ आयो, “उमेर समूहको वर्गिकरण गरिएको छैन ।” 

योङ्ग पिकासु निस्वार्थ भावनाले अगाडि बढेको कलाको स्कूल हो जहाँ हरेक नानीहरुले स्वतन्त्रसँग रंगको प्रयोग गर्न पाउँछन् । आफ्नो मनको भावनालाई चित्रमा उतार्न चाहने सानो ठूलो सबै वर्गको लागि एउटा राम्रो अवसर दिन सफल भएको नाम बनेको छ, योङ्ग पिकासु । 

“दुनियाँले आफूलाई जे सुकै भनोस्, व्यक्ति आफ्नो तरिकाले अगाडि बढ्ने हो । र यहि कुराले महत्वपूर्ण भूमिका पनि खेल्छ ।”

देशार भन्छन्, “दुनियाँले आफूलाई जे सुकै भनोस्, व्यक्ति आफ्नो तरिकाले अगाडि बढ्ने हो । र यहि कुराले महत्वपूर्ण भूमिका पनि खेल्छ ।”

अजय देशारले सानैमा आमाको ममता गुमाए पनि आफूलाई सम्हाल्दै हुर्के । उनी अहिले पनि सम्झन्छन्, किशोरावस्थामा झुटो आरोपमा उनले पिटाई समेत खानुपर्यो । कठिनाई, अप्ठेराहरु आफ्नै ठाउँमा छन् । निरन्तर संघर्ष गर्न पछि नहटेका कारण नै उनको मिहेनत र आत्मविश्वासले आज उनी नेपालको एक सफल चित्रकार बन्न सफल भएका हुन् । चित्रकलामा आफ्नो सम्पूर्ण जीवन सुम्पेका उनी भन्छन्, चित्रकारहरु आफैँ हाकिम हुन् । आफैँ नोकर पनि । त्यो उहाँहरुको खुबि हो ।” 

अजयलाई ब्रस दिएर चित्र कोर्न प्रत्साहित गर्ने उनको पिता आज यो संसारमा छैनन् तर हरेक पल्ट जब उनी चित्र बनाउँन बस्छन् उनी आफ्नो पितालाई सम्झन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?