‘बाहुबली’ लाई टक्कर दिन आउँदैछन् सुनील सेट्टी?

मुम्बई । पछिल्ला चार वर्षदेखि सुनील सेट्टी पर्दामा देखिएका छैनन् । यतिबेला सेट्टीका एक तस्वीर बाहिरिएको छ, जुन तस्वीरमा सेट्टी बाहुबली फिल्मलाई पनि टक्कर दिने मुडमा छन् ।

प्रियदर्शनले निर्देशन गर्ने यो फिल्म सुनील सेट्टी १६ औँ शताब्दीका समुद्री योद्धाको भूमिकामा देखिँदैछन् । यो फिल्मको नाम ‘मरक्कड–द लायन अफ अरेबियन सी’ रहनेछन् । फिल्मको शूटिङ भइसकेको छ । यही फिल्मको माध्यमबाट सुनील सेट्टी प्रियदर्शनसँग दश वर्षपछि काम गर्दैछन् ।

यो फिल्ममा सुनील सेट्टीले कैयन् युद्ध दृश्य छायांकन गरेका छन् । यसभन्दा पहिले यी दुईले ‘दे दना दन’ मा काम गरेका थिए ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?