डा केसीको माग पूरा

काठमाडौँ–स्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा गोविन्द केसीको सबै माग पूरा भइसकेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले भने, “काठमाडौँमा मेडिकल कलेज खोल्न नदिने डा केसीको माग सम्बोधन भइसकेको छ । अब नयाँ मेडिकल कलेज काठमाडौँमा खोलिने छैन । यसबाट मनमोहन अधिकारी मेडिकल कलेज पनि प्रभावित भएको छ ।”

नयाँ मेडिकल कलेज खोल्न सम्बन्धन प्राप्त हुन नसकेकाले नेपाली विद्यार्थी चिकित्सा शिक्षा पढ्न विदेश जान बाध्य भएको र त्यहाँका कालोसूचीमा परेका कलेजबाट ठगिने गरेको उनले बताए ।  हाल नेपालबाट चिकित्सा शिक्षा पढ्न ५८८ विद्यार्थी विदेश गएका छन् । उनीहरुबाट प्रतिव्यक्ति रु २० लाखका दरले रकम बाहिरिएको राज्यमन्त्री यादवको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?