अस्ट्रेलियन ओपन टेनिस : सीत्सीपासले भने, यो क्षण म जीवनभर बिर्सन सक्दिन्

एजेन्सी । डिफेन्डिङ च्याम्पियन स्विस रोजर फेडेरर यो सिजनको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएका छन् । 

मेलबर्न पार्कमा आइतवार राति सम्पन्न भएको पुरुष एकलतर्फको चौथो चरणको खेलमा फेडेरर १४ औँ वरियताका ग्रिसका स्टेफानोस सीत्सीपाससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

सीत्सीपासले खेल जीवनमा पहिलो पटक शीर्ष वरियताका खेलाडीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए । फेडेरर सीत्सीपाससँग ६-७, ७-६, ७-५ र ७-६ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित भएका थिए । 

खेलको पहिलो सेटमा जीत हात पारेका फेडेररले बाँकी तीन वटै सेटमा भने हार बेहोरेका थिए । ६ पटकका अस्ट्रेलियन ओपन टेनिसको विजेता फेडेरर दोस्रो पटक चौथो चरणको खेलबाट बाहिरिएका हुन् । १६ वर्षको अस्ट्रेलियन ओपन टेनिसको यात्रामा फेडेररले यस पटक पनि अघिल्लो चरणको यात्रा तय गर्न असफल भए । 

जितपछि सीत्सीपास खुशी हुँदै भने, ‘म अहिले पृथ्वीमा रहेको सबै भन्दा खुशी व्यक्ति हु जस्तो लागेको छ, म यो खुशीको कुनै शब्दमा बयान गर्नै सक्दिन्, आज मैले आफ्नो आइडल खेलाडी हराउन सफल भए ।’

साथै उनले यो क्षण जीवनकै सबैभन्दा महत्वपूर्ण भएको समेत बताए । ‘यो क्षण म जीवनभर बिर्सन सक्दिन’,उनले थपे । 

यी दुई खेलाडीबीचको खेल तीन घण्टा ४५ मिनेट चलेको थियो । अब सेमिफाइन प्रवेशको लाथि सीत्सीपासले स्पेनी रोबेर्टो बौटिस्टाको सामना गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?