कमलनेत्र छुनामुना स्कुलको ३० वर्षे यात्रा: अभिभावक भन्छन्, ‘ओल्ड इज गोल्ड !’

काठमाडौं पुरानो बानेश्वरस्थित भिमसेनगोलामा रहेको कमन नेत्र छुनामुना हायर सेकेण्डरी स्कुलमा चार सय जना विद्यार्थी अध्ययन गर्छन् ।

काठमाडौँको मुटुमा रहेको यस स्कुल तीस वर्ष अघि लोटस टाइनेटरका नाममा स्थापना भएको थियो । ३० वर्षे यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेको स्कुलले केटाकेटीहरु कमलको फूल र नयन हुन् भन्ने अर्थले विद्यालयको नामाकरण नै कमलको फूलबाट गरेको छ, भन्नुहुन्छ स्कुलका प्रिन्सिपल ज्ञानेद्र भट्टराई ।

कमल नेत्र छुनामुना स्कुल एउटा यस्तो उत्कृष्ट शिक्षामन्दिर हो जहाँ हरेक विद्यार्थीहरुको पठनपाठन र उनीहरुको सर्वाङ्गीर्ण विकासको लागि सिंगो विद्यालय अहोरात्र खटेको छ ।

विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा, राम्रो हेरचाह, स्वस्थ प्रतिष्पर्धात्मक वातावरणमा र अतिरिक्त क्रियाकलापहरुका कारण विद्यार्थी र अभिभावको पहिलो रोजाइमा पर्न यो विद्यालय सफल भएको छ ।  विद्यार्थी र अभिभावको सपनालाई मूर्तरुप दिन सफल भएको यस विद्यालय दक्ष र शिक्षित नागरिक उत्पादनमा सक्रिय भएको कुरा यसै विद्यालयबाट उर्तिण भएर राष्ट्रका विभिन्न ओहदामा पुगेका विद्यार्थीको संख्याले प्रट्याउँछ ।

वि.सं २०४५ सालमा स्थापित कमल नेत्र छुनामुना स्कुलले प्ले गुप्र देखि माध्यमिक तह सम्मका विद्यार्थीहरुलाई पठनपाठन गराउँदै आएको छ ।

अनुभवी शिक्षकशिक्षीका, उत्कृष्ट पठनपाठन शिक्षा सेवीहरुको प्रत्यक्ष सहभागिता, शिक्षकहरुको मिहेनत र अभिभावकहरुको सहयोगले यस स्कूलले हरेक वर्ष परीक्षा बोर्डले लिने एसईर्ई परिक्षामा उच्च नतिजा हासिल गर्दै आएको छ ।

स्कूल सञ्चालनमा दिलो ज्यान दिएर लागेका अनुभवी व्यवस्थापक, उत्कृष्ट विद्यार्थी जन्माउने दृढताका साथ समन्वयात्मक शैक्षिक वातावरण र विद्यार्थीको उज्यालो भविष्यका निम्ति निरन्तर खट्ने, बजारमा नाम चलेका क्षमतावान गुरुहरु यस स्कूलका छुटाउनै नहुने विशेषता हुन् ।

स्कूल सञ्चालनमा दिलो ज्यान दिएर लागेका अनुभवी व्यवस्थापक, उत्कृष्ट विद्यार्थी जन्माउने दृढताका साथ समन्वयात्मक शैक्षिक वातावरण र विद्यार्थीको उज्यालो भविष्यका निम्ति निरन्तर खट्ने, बजारमा नाम चलेका क्षमतावान गुरुहरु यस स्कूलका छुटाउनै नहुने विशेषता हुन् ।

स्तरीय शिक्षाको लागि पूर्वाधार महत्वपूर्ण हो भन्ने कमन नेत्र छुनामुना विद्यालय महशुस गरेको छ । यस स्कूलले साइन्स ल्याव, कम्प्युटर ल्याव, मल्टीमिडिया क्लास, प्रविधि मैत्री कक्षाहरु, उच्च अनुशासन, अतिरिक्त क्रियाकलाप, खेलकुद, सफा र स्वच्छ चमेनागृह, सुरक्षा र छात्रवृत्ति, विभिन्न शिर्षकमा राखिएको पुरस्कार राशी, गुणस्तरीय पुस्तकालयलाई मुख्य प्राथमिकतामा राखेको छ । 

सैद्धान्तिक ज्ञान सँगसँगै व्यवहारिक तथा नैतिक  शिक्षालाई यस स्कूलले जोड दिएको छ । बाबुनानीहरुलाई संस्कृतको श्लोकको अर्थ बुझ्ने गरी सिकाउन सफल भएको यो स्कूलले हरेक वर्ष दुई पटक सम्म शैक्षिक भम्रणको आयोजना गर्ने गरेको छ ।

आफू पढेको विद्यालयप्रति आदरभावको विकास गर्नपनि स्कूल सफल छ । त्यसैले पूर्व विद्यार्थीहरुसमेत बेलाबेखतमा गुरु गुरुमालाई भेट्न, आर्शिवाद लिन र धन्यवाद ज्ञापन गर्न पुगिरहन्छन् । 

विद्यालयको शिक्षा प्रणाली, शिक्षक÷शिक्षिकाको सिकाईको तरिका, विद्यार्थीहरुको अनुशासन र समयसमयमा विद्याललयले अभिभावकहरुको सल्लाह लिन आयोजना गरीने अन्तक्रियात्मक कार्यक्रमका कारण पुरानो बानेश्वरको पुरानो विद्यालयको रुपमा चिनिएको कमल नेत्र छुनामुना स्कूल पुराना तथा नयाँ पुस्तामा निकै रुचाइएको विद्यालय हो । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?