तीन राजदूतको संसदीय सुनुवाई हुँदै

काठमाडौं । सरकारले सिफारिस गरेका विभिन्न पाँच मुलुकका राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाई आज हुँदैछ । 

मंगलवार सिंहदरबारमा बसेको संघीय संसदको सुनुवाई समिति बैठकमा प्रस्तावित तीन जना राजदुतको सुनुवाई हुन लागेको हो । 

स्विटजरल्याण्डका लागि मणि भट्टराई, क्यानडाका लागि भ्रिगु ढुङ्गाना र कुवेतका लागि दुर्गा प्रसाद भण्डारीको आज सुनुवाई हुन लागेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

यसअघि गत विहीवार समितिले थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेश ढकाल र फ्रान्सका लागि प्रस्तावित दिपक अधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

बिहीवारको सुनुवाई समितिको बैठकले संयुक्त राष्ट्रसंघको स्थायी नियोग न्यूयोर्कका लागि स्थायी प्रतिनिधिमा सफारिस अमृत राई विरूद्ध उजुरी आह्वान गरेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?