नेपाल–भारतबीच बहुप्रतिक्षित ऊर्जा बैठक आजदेखि पोखरामा शुरु

पोखरा । नेपाल–भारतबीच बहुप्रतिक्षित ऊर्जा बैठक आजदेखि पोखरामा शुरु भएको छ । 

बधवार बिहानदेखि शुरु भएको बैठकमा सहसचिवस्तरीय हो । बैठकमा सहभागी हुन नेपाल–भारतका अधिकारी मंगलवाल नै पोखरा पुगिसकेका थिए । 

आज बसेको बैठकले पारित गरेका विषयलाई बिहीवार हुने सचिवस्तरीय बैठकले अनुमोदन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

बैठकको मुख्य एजेण्डामा नेपाल–भारत इनर्जी बैकिङ र सीमापार विद्युत प्रसारण लाइन निर्माण छन् ।

गत महिना भारतको नयाँ दिल्लीमा भएको नेपाल भारत ऊर्जा आदान प्रदान समितिको १३ औं बैठकले दुई देशबीच इनर्जी बैकिङका लागि सहमति जनाएको थियो । पोखरा आजदेखि शुरु भएको बहुप्रतिक्षित ऊर्जा बैठकले उक्त सहमतिलाई अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ । 

बुधवार हुन लागेको सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) बैठकको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले गर्दैछन् । 

बैठकमा ढल्केबर (नेपाल)—मुजप्फपुर (भारत) ४०० केभी प्रसारण लाइनलाई २२० केभी र ४०० केभीमा सञ्चालन गर्नेबारे छलफल हुनेछ ।

साथै न्यू लम्की–बरेली र न्यू दुहबी–न्यू पूर्णिया ४ सय केभी प्रसारण लाइन अध्ययन, नेपाल–भारत ग्रीड कनेक्सनमा देखिएका विभिन्न सञ्चालनगत तथा व्यापारिक मुद्दाहरुसहित विद्युत् क्षेत्रमा प्राविधिक ज्ञानको आदान–प्रदान, अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रगतिका सम्बन्धमा समेत बैठकमा छलफल हुने सहसचिव अर्यालले जानकारी दिए । 

ऊर्जा बचत तथा यसको सुधारका लागि माग व्यवस्थापन र स्मार्ट मिटरिङका लागि भएका प्रयासको समीक्षा, कटैया–कुसाहा र रक्सौल–परवानीपुर (दुवै १३२ केभी) प्रसारण लाइनका टावरमा थप लाइन तान्ने, ११ औँ ऊर्जा आदान–प्रदान बैठकले सिफारिस गरेबमोजिम १३२ र ३३ केभीका प्रसारण लाइन थप गर्नेबारे, खुला प्रतिस्पर्धाद्वारा विद्युत् खरिदबिक्री गर्ने, भारत सरकारले हालै संशोधन गरेको सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशकको समीक्षा, नेपाल भारत संयुक्त स्थायी समिति (जेएससी) को बैठक गर्नेबारे समेत बहुप्रतिक्षित ऊर्जा बैठकमा छलफल हुने कार्यक्रम तय भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?