अष्ट्रेलियामा एक नेपाली युुवालाई ८ महिना जेल सजाय

काठमाडौं । अष्ट्रेलियामा एक नेपाली युुवालाई ८ महिना जेल सजाय सुनाइएको छ । 

एजकेयरमा एआइएनका रूपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई कार्यस्थलमा वृद्धमाथि कुटपिट गरेको आरोपमा उनलाई ८ महिना जेल सजाय सुनाइएको हो । पौडेललाई बुधवार सिड्नीको म्यानलीस्थीत अदालतले दोषि ठहर गर्दै सजाय सुनाएको हो ।

तर, पौडेलले चार महिनापछि बेलका लागि आवेदन दिन सक्नेछन् । 

गत सेप्टेम्बरमा बुपा अन्तर्गत उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्मा कार्यरत ३६ वर्षिय पौडेलले ८२ वर्षिय वृद्धमाथि हातपात गरेका भिडियो सार्वजनिक भएको एबीसी न्युज च्यानलले जनाएको छ । 

विरामीको परिवारले वृद्धामाथि भएको हातपातको भिडियो सार्वजनिक गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?