प्रदेश ५ मा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु

काठमाडौं । प्रदेश ५ सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु गरेको छ । 

प्रदेश सरकारले गरिब र पिछडिएको क्षेत्रका नागरिकलाई लक्षित गरि प्रदेशका १२ वटा जिल्लाका ३४ गाउँपालिकामा कार्यक्रम शुरु गरेको हो । 

गरिबीको समस्याबाट आक्रान्त घर परिवार, असहाय, जेष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिका घरपरिवार, दलित, पिछडिएका समुदाय तथा सुरक्षित बसोबास नभएका परिवार र कुनै प्रकोप तथा घटनाबाट घरवारविहीन भएका परिवारलाई यसमा राखिएको प्रदेश सरकारले जानकारी दिए ।  

कार्यक्रमका लागि प्रदेश स्तरमा निर्देशक समिति, जिल्ल स्तरमा व्यवस्थापन तथा समन्वय समिति र स्थानीय स्तरमा कार्यक्रम सिफारिश तथा कार्यान्वय समिति राखिएको छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले भने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यक्रम कार्यान्वयनका लागि १२ वटै जिल्लामा सहजकर्ता नियुक्त गरेको जानकारी दिए । 

प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका लागि १७ करोड बजेट विनियोजन गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?