संसद चल्न नदिएर कांग्रेसले प्रजातन्त्रको उपहास ग-यो: मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासन्दुर शाक्यले संघीय संसद चल्न नदिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रजातन्त्रको उपहास गरिरहेको टिप्पणी गरेका छन् ।  

मेयर शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै अप्ठयारोमा पार्ने गरी जनमतको अपमान गर्ने काम कांग्रेसले गरिरहेको आरोप पनि लगाए ।

जनताबाट निर्वाचित भएर आएकाहरुलाई कामै गर्न नदिएर कांग्रेसले सहिदहरुले देखाएको बाटोमा समेत अवराध खडा गरिरहेको उनको दावी छ ।

आइतवार सहिद सप्ताह कार्यक्रम अन्तर्गत सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको काठमाडौंको सिफलमा आयोजित स्मृति सभामा बोल्दै उनले सहिदहरुको सपना पूरा गर्न र मुलुकलाई जनमत अनुसार अघि बढाउन जनता आफैँ अग्रसर हुने बेला आएको पनि स्पष्ट पारे । मेयर शाक्यले सहिदहरुले देखाएको बाटौबाटै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?