नेविसंघको प्रदर्शनमा प्रहरीको लाठि चार्ज, महामन्त्री घाइते

काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री कपिलेश्वर यादव घाइते भएका छन् ।

आइतवार दिउँसो नेविसंघले निकालेको प्रदर्शनमा प्रहरी र नेविसंघका कार्यकर्ताबीच झडप हुँदा महामन्त्री यादव घाइते भएका हुन् । 

उनको टाउकोमा चोट लागेको छ । घाइते यादवको बानेश्वर स्थित एभरेष्ट अस्पतालमा उपचार भइहरको छ । 

माइतिघरबाट निकालिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि २१ जना कार्यकर्ता नियन्त्रणमा लिएको छ । 

आफ्नो असहमति हुँदाहुँदै शुक्रबार चिकित्सा विधेयक पारित गरिएको, प्रमुख प्रतिपक्षी दलका नेताविना संवैधानिक निकायमा प्रमुखको नियुक्तिका लागि सिफारिस गरेकोसहितका विषय उठाउँदै कांग्रेस सरकारविरुद्ध आन्दोलित भएको हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?