पुलिस अफिसर बन्दै सलमान खान?

मुम्बई । बलिउडका दबंग सलमान खानको फिल्मको प्रतीक्षा फ्यानलाई हुने नै भयो । सन् २०१८ बाट नै उनी फिल्म ‘भारत’ का कारण चर्चामा छन् । यो फिल्मको टिजरबाट झन् धेरै चर्चा हुन थालेको छ । फिल्म्को गोवामा शूटिङ भइरहेको छ ।

साथसाथै सलमान खानले रोहित शेट्टीसँग मिलेर नयाँ प्रोजेक्टमा काम गर्ने भएका छन् । रोहित शेट्टीको फिल्म ‘सिम्बा’ सन् २०१८ को अन्तमा रिलिज भएको थियो । यो फिल्मले बलिउड बक्स अफिसमा कमालको व्यापार ग–यो । यही फिल्मसँगै रोहितको पनि चर्चा चुलियो ।

भारतीय मिडियाका अनुसार रोहित शेट्टी र साजिद नाडियाडवालाले कैयन् पटक सलमान खानलाई लिएर फिल्म बनाउने बारे कुरा गरेका छन् । साजिदले सलमानलाई फिल्म ‘किक’ मा झैँ प्रस्तुत गर्न खोजेका छन् । रोहितसँग मिलेर बनाउने फिल्ममा भने सलमान खानलाई पुलिस अफिसरको भूमिकामा देखाउने योजना बनिरहेको छ ।

सलमानको ‘दबंग’ मा पुलिस अवतारलाई सबैले रुचाएका थिए । यसको दोस्रो भाग पनि सफल फिल्ममा पर्छ । समाचारलाई आधार मान्ने हो भने सन् २०१९ को अन्तसम्म रोहित शेट्टीसँग सलमानले नयाँ प्रोजेक्टमा काम गर्नेछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?