डा. केसीसँग सरकारले सम्वाद नगर्नु निरंकुशता नग्नताको लज्जास्पद उदहारण: नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको जीवन जोखिमको अन्तिम अवस्था पुग्दा पनि सरकारले कुनै पहल नगरेको प्रति आक्रोश व्यक्त गरेका छन् । 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै २२ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुँदा पनि सरकारबाट हालसम्म वार्ताको कुनै पहल भएको छैन । 

१५ अनसनका क्रममा डा. केसीसँग गरेको प्रतिवद्धता प्रति उपाहास गर्दै सरकारले आम निराशा र आक्रोशको स्थिति निर्माण गरेको समेत नेता केसीको आरोप छ ।

नेता केसीले बुधवार बिहान ट्वीट गर्दै, ‘आफ्नो प्रतिवद्धता प्रति उपाहास गर्दै सरकारले आम निराशा र आक्रोशको स्थिति निर्माण गरेको छ । डा. केसीको जीवन जोखिमको अन्तिम अवस्थामा पुग्दा पनि अझै कुनै सम्वाद र सहमतिको प्रयास समेत नहुनु निरंकुशता नग्नताको लज्जास्पद उदहारण हो ।’

यसैगरी मंगलवार नेता केसी त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसीलाई भेट्न अस्पताल पुगेका थिए । उनले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुका थिए । साथै आफ्नो पार्टीको साथ र समर्थन रहेको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?