नागार्जुना किड्स वर्ल्ड: सिकाइ प्रक्रियाले परिचित स्कुल

'मलाई भन म बिर्सन्छु, मलाई पढाउ सायद म सम्झन्छु, मलाई समावेश गराउँ म सिक्छु ।'

यो प्रसिद्ध भनाई बेन्जामिन फ्रेंकलिनको हो । 

यो भनाईलाई मुर्तरुप दिन सफल भएको नागार्जुना किड्स वर्ल्ड  । ‘तपाईंको बच्चाको सपनालाई पखेटा दिन’ भन्ने नाराका साथ सन् २०११ मा स्थापित नागार्जुना किड्स वर्ल्ड गुसिगंल, कुपण्डोलमा अवस्थित छ ।

नागार्जुना किड्स वर्ल्ड नागार्जुन शैक्षिक संस्थाकोे जूनियर संस्था हो । यो संस्थाको मुल उद्दश्य भनेको अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्नु हो ।

नागार्जुना किड्स वर्ल्डले हरेक बच्चाको क्षमता माथि विश्वास गर्दै उनीहरुलाई उचित शिक्षा प्रदान गर्दै आएको छ । स्थापना काल देखिनै  सार्थक र प्रभावकारी बाल शिक्षामा केन्द्रित भएर पठनपाठन गराउँदै आएको छ । 

सोच्ने, सिक्ने र बनाउने यी तीन कुराहरुलाई यस विद्यालयले प्राथमिकतामा राखेको छ ।

यस विद्यालयको मुख्य उद्देश्य भनेको प्रत्येक बच्चालाई पढाई प्रति प्रेम गर्नु सिकाउनु हो ता कि उनीहरु व्यक्तिगत रुपामा आत्मविश्वसी होउन् ।  नयाँ ज्ञानहरु पनि प्राप्त गरुन् । 

नयाँ पुस्ताको आवश्यता र चाहानालाई नागार्जुना किड्स वर्ल्डले बुझेको छ । त्यसैले प्रयोगात्मक शिक्षालाई प्रथमिकतामा राख्दै आधुनिक सामाग्रीका साथ शैक्षिक कार्यक्रम अघि बढाइरहेको यो स्कुलले असल र सक्षम नागरिक उत्पादनमा मद्दत गरिरहेको छ ।

नयाँ पुस्ताको आवश्यता र चाहानालाई नागार्जुना किड्स वर्ल्डले बुझेको छ । त्यसैले प्रयोगात्मक शिक्षालाई प्रथमिकतामा राख्दै आधुनिक सामाग्रीका साथ शैक्षिक कार्यक्रम अघि बढाइरहेको यो स्कुलले असल र सक्षम नागरिक उत्पादनमा मद्दत गरिरहेको छ ।

पुरानो खेलहरु जस्तै गुच्चा, डण्डीवियो, गट्टा, चुङगि आदि खेलहरुलाई पनि यस विद्यालयले प्रथमिकतामा राखेको छ । स्कुलले समान रुपमा नेपाली र अंगे्रजी भाषा सिकाउने गरेको छ ।  

प्रिन्सिपल दिसुुु भण्डारी मानन्धरका अनुसार, स्कुल भिन्न-भिन्न पेशा उत्पादन गर्ने ठाँउ हो । व्यक्तिव विकाशमा सबै भन्दा मुख्य भूमिका विद्यालयको रहने भएकाले आफ्नो जुत्त पालिस गर्ने, लेस बाध्ने, हात धुने तरिकहरु, कुर्सीमा बस्ने तरिक पनि सिकाइने गरिएको छ । 

यस विद्यालयले पढाई बाहेक पनि बच्चाहरुलाई समाज प्रति पनि जिम्मेवार बनाउन सिकाउँछ । 

बच्चाहरुले के सिके भन्दा पनि के-कस्तो सिके र कसरी सिके भन्ने विषय प्राथमिकतामा राखेको छ । बच्चाहरुको उचित शिक्षा, सिकाई र हेरचाहको कारण पनि अभिभावकको पहिलो रोजाईमा यो स्कुल परेको छ ।  

प्रिन्सिपल दिसुुु भण्डारी मानन्धर भन्छिन्, “बच्चाले खेलबाट मात्रै सिक्न सक्छन् । कापी र पेन डेक्समा राखेर पढ् भनेर बच्चाले कदापी पढ्न सक्दैन । त्यो सोच्नु गलत हो । सिकाईको प्रविधि बदल्नुपर्छ । तरीका राम्रो भएन भने बच्चाहरुलाई हौसला कम हुन्छ । र उनीहरु स्कुल जान समेत मन पराउन छोड्छन् । 

नागार्जुना किड्स वर्ल्डका विद्यार्थीहरुले ब्यागको ठूलो भारी बोकेर स्कुल आउने गरेका छैनन् । होमवर्क पनि कापीमा जाने गरेको छैनन् । बच्चाहरु वर्क सिटमा होमवर्क गरेर लिएर आउने गरेका छन् जुन बोक्न पनि धेरै सहज र सजिलो हुन्छ । 

आफ्नो बच्चाले कति प्रगति गरे भनेर अभिभावकले तीन महिना कुर्न नपर्ने प्रिन्सिपल दिसुको भनाई छ । उनले थपिन्, “बच्चाहरुको गतिबीधिको रिर्पोट अभिभावकलाई हरेक दिन जाने गरेको छ ।“ नर्सरी देखि ३ सम्मको बच्चाहरुको रिर्पोट भने हरेक महिना पठाइन्छ । ताकि बच्चाहरुको कमजोरी पहिचान गर्न सहज होस् र उनीहरुको विकासमा काम गर्न सकियोस् । 

पाठ्यक्रममा आधारित भई आधुनिक र वैज्ञानिक ढंगले नानीहरुको पठन–पाठन गराउने यो स्कुलको व्यवस्थापक समिति, संस्थापक, शिक्षक र कर्मचारीहरु विद्यार्थीको उचित शिक्षादिक्षा र समग्र विकासमा समर्पित छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?