रहेनन् कलाकार बीएस राणा

काठमाडौं । नेपालका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका  राणाको आज बिहान (शुक्रवार) निधन भएको हो ।

चलचित्र ‘दर्पण छायाँ २’, ‘सेतो बाघ’, ‘साथी म तिम्रो’, ‘कसले चो–यो मेरो मन’ लगायतका फिल्ममा अभिनय गरेका छन् । पुराना कलाकार राणा पछिल्लो समयमा पनि फिल्म क्षेत्रमा सक्रिय थिए ।

चलचित्र कलाकार संघकी सरिता लामिछानेका अनुसार राणाको काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

राणाको निधन भएको खबरसँगै फिल्मकर्मीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?