गुगल प्लस आगामी अप्रिल २ बाट बन्द हुँदै

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्र्किङ्ग प्लाटफर्म गुगल प्लस  अप्रिल २ बाट बन्द गर्ने भएको छ । 

इन्टरनेट जाएन्ट गुगलले सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्दै गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट बन्द गर्ने भएको हो । 

गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । 

झण्डै पाँच करोडभन्दा बढी प्रयोगकर्ताको डाटा चोरी भएको खबर सार्वजनिक भएपछि गुगुलले आफ्नो सोसल नेटवर्र्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गरेको थियो । 

यसैगरी गुगलले फेब्रुअरी ४ देखि नै गुगल प्लसबाट नयाँ अकाउन्ट खोल्न नसकिने बताएको छ । गुगल प्लसको साइन इन बटनलाई गुगल साइन इन बटनले रिप्लेस गरिनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?