‘क्याप्टेन’को ट्रेलर रिलिज, खेलाडीको अवतारमा अनमोल (भिडियो)

काठमाडौं । अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरियो । 

ट्रेलरमा अनमोललाई फुटबल खेलाडीका रुपमा प्रस्तुत गराइएको छ । साथै ट्रेलरमा राष्ट्रियतालाई पनि देखाइएको छ । चलचित्रमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले अभिनय गरेका छन् । 

भुवन केसीले निर्माण गरेको यो चलचित्रमा कथा तथा निर्देशन दिवाकर भट्टराईको छ । यसअघि निर्माण टिमले फिल्मको ‘रहर  छ सँगै’ बोलको गीत सार्वजनिक गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?