लागूऔषध एम्पुल सहित काठमाडौंबाट २ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

लागूऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्य अनुरुप विशेष सुराकीको आधारमा महानगरीय प्रहरी वृत्तबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा विरगंज ४ घर भएका वर्ष ३२ को धवनजय कुमार र वर्ष ३० की ज्ञानी थापामगर छन् । 

प्रहरीले उनीहरुको साथबाट फेनारगन १७५, नुरफिन १८७, डाईजोल्याप १९४ गरि जम्मा ५५६ थान लागूऔषध र ३ थान मोबाईल बरामद गरेको छ ।  

उनीहरुलाई थप अनुसन्धानको लागी महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाइएको प्रहरीले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?