माघ २० गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ २० गते देश दुनियाँमा के–के घटना भए रु जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

१.कांग्रेस सांसदद्वारा संसदीय सुनुवाई समितिको बैठक बहिस्कारः नेपाली कांग्रेसका सांसदहरुले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेका छन् । आइतवार ११ः३० मा समितिले गत माघ ६ गते सिफारिस भएका विभिन्न पाँच संवैधानिक आयोगका प्रस्तावित अध्यक्षमाथि उजुरी आह्वान गर्ने विषयमा छलफल गर्न बोलाइएको सुनुवाई कांग्रेस सांसदहरुदे बहिस्कार गरेका हुन् ।

२.गगन थापाको ट्वीट, ‘नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय’: नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल विद्यार्थी संघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् । आइतवार ट्वीट गर्दै थापाले लेखेका छन्, ‘नेविसंघको नाममा केही ‘‘विद्यार्थीले’’ सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ, किन्तु, परन्तु केही नलगाई मेरो उत्तर, त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु ।’

३. चिकित्सा शिक्षा विधेयकलाई लिएर विरोध गर्नुको कुनै औचित्य छैन-सभामुख महराः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत पार्टीले चिकित्सा शिक्षा विधेयकलाई लिएर विरोध गर्नुको कुनै औचित्य नरहेको संघीय संसदका सभामुख कृष्णबहादुर महराले बताए । आइतवार दाङले तुलसीपुरको टरिगाउँ विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा सभामुख महराले सो बताएका हुन् ।

४.कांग्रेसले आजबाट संसद अवरोध नगर्ने, संसदमा सभापति देउवाको सम्बोधनः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट संसद अवरोध नगर्ने भएको छ । आइतवार दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र संसद सूचारु हुने कार्य सूची तय गरिएको हो । 

५.राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा यस्ता थिए मुख्य एजेण्डा ?: राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आज बसेको छ । आइतवार बिहान ११ः३० बजे अर्पण व्यांक्वेटमा कार्यसमितिको बैठक बोलाइएको थियो । बैठकमा आगामी फागुन ७ गतेबाट शुरु गर्ने संघर्षलगायतका मुख्य एजेण्डामा छलफल हुने राप्रपा अध्यक्ष कमल थापाले ट्वीटरमार्फत जानकारी दिए । 

६.नवनियुक्त राजदूत आचार्यद्वारा पद तथा गोपनियताको सपथ: भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आचार्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

७.अमेरिकासँग सम्बन्ध बिगार्न खोज्नु दूर्भाग्य-कांग्रेसः अमेरिकाको विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले गरेको सार्वजनिक अभिव्यक्ति गलत भएको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । आइतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा कांग्रेसले नेकपाले सार्वजनिक गरेको अभिव्यक्ति गलत भएको बताएका हुन् ।

८. राष्ट्रियसभा बैठकमा सत्य निरुपण तथा मेलमिलाप विधेयक पेशः राष्ट्रियसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गरेका हुन् ।

९. उपसचिव तहका कर्मचारीको समायोजन शुरुः सरकारले आज आइतवारदेखि उपसचिव तहका कर्मचारीको समायोजन शुरु भएको छ । संघ, प्रदेश र स्थानीय तहमा जाने उपसचिव तहका कर्मचारीको समायोजन आजबाट शुरु हुन लागेको हो । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५सय ३ कर्मचारी समायोजन गर्ने भएको हो ।

१०.मन्त्री बस्नेतकी भतिजी मृत अवस्थामा फेलाः वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् । ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

११.सरकारले आमजनतालाई परिवर्तनको अनुभूति दिन सकेन-कमल थापाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विखण्डनकारीको अगाडी लाचार भएको आरोप लगाएका छन् । राप्रपाले आइतवार अर्पण व्यांक्वेटमा बालाइएको कार्यसमितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सरकारलाई उक्त आरोप लगाएका हुन् ।

१२.के तपाई साच्चै खुशी चाहानुहुन्छ ? त्यसो भए सामाजिक सञ्जालबाट टाढा रहनुहोस्ः केहि वर्ष यता सामाजिक सञ्जालको प्रयोगकर्ता दिनानुदिन बढ्दो छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, भाइबर, व्हाट्स एप्पलगायतको प्रयोगकर्ताहरुको संख्या विश्वमा बढ्दै गइरहेको छ । कमैै मनिसहरु मात्र सामाजिक सञ्जालबाट टाढा छन् । फेसबुक डाटासँग धेरै स्क्यान्डलहरु जोडिएपछि, सामाजिक सञ्जालको सुरक्षाको विषयमा धेरै प्रश्नहरु उठ्न थालेका छन् । 

१३.गुल्मीमा जीप दुर्घटना, दुईको मृत्युः गुल्मीको वामी मैदानमा ग १ च ८३५७ नंको जीप दुर्घटना हँुदा दुईको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-८ वामी मैदान चौपारीबाट करीब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो । 

१४.देशभर नेपाल टेलिकमको फोजी विस्तार गर्न सम्झौता:  नेपाल टेलिकमको फोरजी-एलटीई सेवा विस्तारका लागि आज सम्झौता सम्पन्न भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो । 

१५. भेनेजुएमा सङ्कट समाधान प्रयास, मदुरोद्वारा निर्वाचन प्रस्तावः भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गरेका छन् । यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिवार बृहत्त प्रदर्शन गरेका थिए र उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मदुरोलाई दिएका थिए ।

१६. पाकिस्तानविरुद्धको टि–ट्वान्टी सिरिज नेपालले जित्योः पाकिस्तानविरुद्धको पाँच खेलको महिला नेत्रहीन टि–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । आइतवार भएको चौथो टि–ट्वान्टीमा पाकिस्तानलाई ९ विकेटले हराउँदै नेपालले एक खेल अगाबै सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो ।

१७. दोस्रो नर्स एथलेटिक्समा हीराचन, श्रेष्ठ र यादव विजयीः दोस्रो नर्स एथलेटिक्समा नेपाल प्रहरी अस्पतालकी खुशी हीराचन, न्यूरोड अस्पतालकी मुना श्रेष्ठ र सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव आ–आफ्नो विधामा विजयी भएका छन् । डा. खगेन्द्र स्पोर्टस् फाउण्डेशनले  हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आयोजना गरेको तीन किमी सडक दौड तथा एक सय मिटर र दुई सय मिटर दौडमा क्रमश: हीराचन, श्रेष्ठ र यादव प्रथम भएको फाउण्डेशनका महासचिव रजत पदक श्रेष्ठले जानकारी दिए ।

१८. इंग्लिस प्रिमियर लिग स् टोट्नह्याम लिगको दोस्रो स्थानमा उक्लियो, चेल्सीको शानदार जितः टोट्नह्याम जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।
शनिवार राति सम्पन्न भएको २५ औँ चरणको खेलमा टोट्नह्यामले लिगको १५ औँ स्थानमा रहेको न्युक्यासल युनाइटेडलाई एक–शुन्य गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?