‘सतौरो’ को घोषणा, सुमीलाई एक्सन अवतारमा देख्न पाइने

काठमाडौं । चलचित्र ‘सरौतो’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो । 

हरि हुमागाईंको निर्देशनमा बन्ने यो फिल्म एक्सन जनरामा निर्माण हुने बताइएको छ । यसअघि हरिले केही म्युजिक भिडियो र विज्ञापनमा काम गरेका थिए । यो उनका लागि डेब्यु फिचर फिल्म हो ।

स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह–निर्माताको रुपमा श्री महर्जन रहेका छन् । घोषणा कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्त वीर लामाले शुभकामना समेत दिए ।

चलचित्रमा सुमी मोक्तान , सन्नी सिंह , विजय लामा , युवराज लामा , आमिर गौतम , अरुणा कार्की , पराकर्म पीजेबी राणा , सम्पदा दाहाल , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , मनोज तामांग लगायतको अभिनय रहनेछ भने राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, राजकुमार उप्रेतीको एक्सन रहने निर्माण टिमले जनाएको छ ।

यस्तै फिल्ममा राजनराज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रहनेछ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर दिनेछन् ।

फिल्मको छायांकन माघ २२ गतेबाट शुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?