प्रदेश ५ प्रदेशसभाले आज पहिलो स्थापना दिवस मनाउँदै

बुटवल । प्रदेश ५ को प्रदेशसभाले आज प्रदेशसभा स्थापना दिवस मनाउँने भएको छ । 

गत वर्ष माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर प्रदेशसभाले आज सोमवार प्रदेशसभा स्थापना दिवस मनाउन लागेको हो । 

दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा विशेष समारोहको आयोजना गरि स्थापना दिवस मनाउन लारिएको प्रदेशसभा सचिवालयले जनाकारी दिएको छ । 

उक्त समारोहलाई प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल र मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रममा प्रदेशसभा दर्पणको लोकार्पण, उत्कृष्ठ कर्मचारी, मर्यादापालकलाई पुरस्कारसमेत प्रदान गर्ने प्रदेशसभा सचिव दुर्भल कुमार पुन मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?