किन जाँदैछिन् राष्ट्रपति भण्डारी चीन र अमेरिका भ्रमणमा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छिन् । 

चिनियाँ राष्ट्रपति सी चिनफिङको निम्तोमा राष्ट्रपति भण्डारी दुई महिनापछि चीन जान लागेकी हुन् । 

चीनको राजधानी बेइजिङमा आउँदो अप्रिलमा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुुन राष्ट्रपटि भण्डारी चीन जान लागेको स्रोतले जनाएको छ । 

चिनियाँ राष्ट्रपति सीले सम्मेलनको निम्तापत्र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले गत साता राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । 

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग द्वीपक्षीय भेटघाट र वार्ता गर्ने छिन् । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने पनि कार्यक्रम रहेको स्रोतले बताए । 

राष्ट्रपति भण्डारीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले अनौपचारिक पुष्टि गरेका छन् । तर, सरकारी निकायले भने औपचारिक जानकारी दिएको छैन । 

यसैगरी राष्ट्रपति भण्डारी आगामी फागुन अन्तिम साता राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने भएकी छिन् । 

फागुन २८ गते अमेरिकामा हुने महिलाहरुको सम्मेलनमा सहभागि हुन राष्ट्रिपति भण्डारी फागुन २६ गते त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । 

उक्त सम्मेलनमा महिला नेतृत्वको तर्फबाट न्यूयोर्कमा सम्बोधन गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । 

सरकारले राष्ट्रपतिको भ्रमणलाई अमेरिकासँग दुईपक्षीय भ्रमण बनाउन पहल गरिरहेको छ ।

राष्ट्रसंघीय ७३ औं महासभाकी अध्यक्ष मारिया फेमन्डा स्पिनोसा ग्रेसको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । इक्वेडरकी ग्रेस ७३ औं महासभाको सभापति भएदेखि नै महिला सशक्तिकरणसम्बन्धी विशेष सम्मेलन भन्दै विश्वभरका उच्चतहका रहेका महिला नेतृत्वलाई निम्त्याउने बताएअनुरूप नै भण्डारीलाई पनि निमन्त्रणा गरेकी हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?