वार्षिक १५ प्रतिशतले ग्यासको खपत

काठमाडौं। नेपाल आयल निगमले जनवरी महिनाभरि अहिलेसम्मकै सबैभन्दा धेरै ग्यास आयात गरेको छ । 

निमगले गत महिनामात्र ४० हजार टन ग्यास आयात गरेको हो । आयल निगमका प्रवक्त वीरेन्द्र गोइतले दिएको जानकारी अनुसार गत महिना ४० हजार टन ग्यास आयात गरेको हो । 

जाडो मौसमको समयमा धेरै मात्रामा ग्यासका खपत हुने भएकाले ग्यास आयत गरिएको पनि उनले जानकारी दिए । 

सन् २०१८ को फेब्रुअरी महिनामा ३४ हजार टन ग्यास आयात गरिएको थियो । साथै उनले वार्षिक १५ प्रतिशतले ग्यासको खपत बढिरहेको पनि बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?