ट्वीटर प्रयोगकर्ताका लागि खुशीको खबर…..

एजेन्सी । ट्वीटर चलाउने प्रयोगकर्ताहरुका लागि खुशीको खबर ! अब आफूले गरेको ट्वीटमा कुनै अक्षर वा गल्ती फेला परेमा त्यसलाई सच्याउन पाउने भएका छन् । 

ट्वीटरमा पनि फेसबुकमा झैँ आफूले गरेको पोष्ट इडिट गर्ने फिचर आउने भएको छ । 

योसँगै अब ट्वीटर प्रयोगकर्ताले आफ्नो ट्वीटमा भएको गल्ती सुधार्ने मौका पाउने भएका छन् । 

नाइन टू फाइभ म्याक नामक वेबसाइटले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीको अन्तर्वार्ता उद्धृत गर्दै यस्तो दाबी गरेको छ । 

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत डोर्सीका अनुसार ट्वीटरले ट्वीट सेन्ड गर्दा ५ देखि ३० सेकेण्डसम्मको अवधि दिने फिचर ल्याउनेछ । सोही विन्डोमा प्रयोगकर्ताले उक्त ट्वीटलाई इडिट गर्न सक्नेछन् ।

ट्वीटर प्रयोगकर्ताको सुझावको आधारमा डोर्सीले ट्वीट संशोधन गर्ने फिचरका बारेमा पहिलोपटक सन् २०१६ मा चर्चा गरेका थिए । 

ट्वीटर प्रयोगकर्ताहरुले गरेको ट्वीटमा अक्षर वा कुनै अन्य गल्ती फेला परेमा त्यसलाई  सच्याउने विकल्प हुँदैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?