‘समर लभ’ को स्याड भर्जनमा गीत रिलिज (भिडियो)

काठमाडौं । प्रतीक्षित चलचित्र ‘समर लभ’ को स्याड भर्जनको गीत सार्वजनिक भएको छ । रिलिजको मिति नजिकिँदै गर्दा फिल्म टिमले ‘गुनासो छैन कसैलाई’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।

गीतमा शब्द र एरेन्ज रिकेश गुरुङको रहेको छ भने गीतका शब्द पुष्पन प्रधानले लेखेका हुन् । फिल्ममा संगीत पनि पुष्पनले नै दिएका छन् ।

आशिष पिया र रेवती क्षेत्रीलाई अतीत र सायाको रुपमा अभिनय गराइएको यो फिल्म सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारित छ । यस्तै फिल्ममा सुरजसिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्मको स्किृनप्ले सामीप्यराज तिमिल्सिनाले लेखेका हुन् भने मुस्कान ढकालले फिल्मको निर्देशन गरेका हुन् ।

माघ २५ गतेबाट रिलिज हुन लागेको यो चलचित्र रिलिजअघि चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?