होटल तथा क्यासिनो मजदुर संघद्वारा मुलुकभरका रेष्टुरेन्ट बन्द

काठमाडौं । अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले आज मुलुकभरका रेष्टुरेन्ट बन्द गराएको छ । 

उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णयको विरोधमा संघले मंगलवार मुलुकभरमा रेष्टुरेन्ट बन्द गराएको हो । 

रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल रेबानले १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा संघले आन्दोलनको घोषणा गरेको हो । 

सेवा शुल्क हटाएर मजदूरमाथि अन्याय गरेको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रेबानले मजदूरहरुसँग छलफल नै नगरी निर्णय गरेको उनीहरुको आरोप छ  । 

रेष्टुरेन्ट तथा बार एशोसिएशन अफ् नेपाल रेबानले गरेको आफ्नो निर्णय उपभोक्ताको हित हुने बताउँदै आफ्नो निर्णयबाट पछि नहट्ने रेबानले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?