कुमारी बैंकले ल्यायो नयाँ सुविधा, इ–कमर्स कारोबार प्रयोगमा

काठमाडौं। कुमारी बैंकले भिसा क्रेडिट कार्ड होल्डरहरुलाई इ–कमर्स कारोबार गर्न सकिने सेवा सुविधा सञ्चालनमा ल्याएको छ । 

थ्री–डि सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्ड होल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा प्रत्याभूत गरिएको हो ।  

यसबाट कार्ड होल्डरको पहिचान प्रमाणीकरणको लागि कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा इ–मेल वा एसएमएसबाट ‘वान टाइम पासर्वड’ प्राप्त गर्ने छन्।अब कुमारी बैंकको क्रेडिट कार्डबाट कारोबार गर्दा उक्त सुरक्षाको कारण निश्चिन्त भई अनलाइन शपिङ लगायतका अतिरिक्त कारोबार गर्न सकिने बैंकले जनाएको छ। 

यो सुरक्षा प्रणाली कार्यान्वयनपछि बैंकका क्रेडिट कार्ड होल्डरहरुकोे बैंकिङ सेवा लगायत अनलाइन कारोबार प्रणालीमा उपभोक्ताको भरोसा बढ्ने जनाएको छ । 

कार्ड होल्डरहरुले अनलाइन कारोबारको पासवर्ड पाउन कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि प्राप्त गर्न सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?