हलमा फिल्म, युट्युबमा ‘रणवीर’ को गीत (भिडियो)

काठमाडौं । यतिबेला सिनेमा हलमा चलिरहेको फिल्म ‘रणवीर’ को गीत सार्वजनिक गरिएको छ । युट्युबमा फिल्म हेरेका दर्शकलाई यो गीत नौलो नलागे पनि हेर्न नभ्याएका दर्शकलाई भने नयाँ गीत हो ।

निर्माण टिमले युट्युबमार्फत ‘ढुक रान्चरी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा अमित श्रेष्ठको संगीत छ भने हर्क साउन र संगीतका श्रेष्ठकै शब्द छन् । यस्तै गीत्मा प्रदाप दास, चक्र बम र सतिसले स्वर दिएका छन् ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यो भिडियोमा सुपुष्पा भट्ट र सुशील सिटौलाको जोडी देख्न सकिन्छ । यो फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन् भने लेखन तथा स्किृप्ट पनि निर्देशक भण्डारीकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?