ईनार खन्दा शव भेटियो, प्रहरीले तत्काल पक्रियो अभियुक्त

तनहुँ । तनहुँमा सिंचाईको लागि इनार खन्ने क्रममा एक पुरुषको शव भेटिएको छ । 

सोमवार दिउँसो तनहुँ जिल्ला भानु नगरपालिका वडा नं. ९ काउरेटारमा रहेको राम प्रसाद हड्खलेको बारीमा सिंचाइको लागि इनार खन्ने क्रममा पुरुषको लास गाडीएको अवस्थामा फेला परेको हो । 

सडेको अवस्थामा फेला परेको लास काउरेटार बस्ने वर्ष २६ राजु विक भएको अनुसन्धानबाट खुलेको हो । 

विकलाई गत मंसिर १२ गते राती कुटपिट र दाउराको चिरपट प्रहार गरेर घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका २ स्थायी घर भइ हाल तनहुँ भानु नगरपालिका ९ काउरेटार बस्ने वर्ष २८ की मन कुमारी विक, वर्ष ३५ की मन माया विक र लमजुङ दोर्दी गाउँपालिका ३ लामागाउँ स्थायी घर भइ हाल काउरेटार बस्ने वर्ष २४ को आयुष विक रहेका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका २ स्थायी घर भइ हाल तनहुँ भानु नगरपालिका ९ काउरेटार बस्ने वर्ष २८ की मन कुमारी विक, वर्ष ३५ की मन माया विक र लमजुङ दोर्दी गाउँपालिका ३ लामागाउँ स्थायी घर भइ हाल काउरेटार बस्ने वर्ष २४ को आयुष विक रहेका छन् ।

उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख सिद्धी विक्रम शाहले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?