फेसबुक प्रयोगकर्तालाई खुशीको खबर, अब कसैलाई पठाएको मेसेज ‘डिलिट’ गर्न सकिने

एजेन्सी । फेसबुक प्रयोगकर्ताहरुको लागि खुशीको खबर । अब फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि ‘अनसेन्ट’ फिचर ल्याएको छ । 

सामाजिक सञ्जाल फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । यो सँगै फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेज ‘डिलिट’ गर्न सक्नेछन् । 

यसरी एक व्यक्तिले अर्को व्यक्तिलाई पठाएको मेसेन्ज पठाउने व्यक्तिले डिलिट गर्न सक्नेछ र यसरी डिलिट गरिसकेका मेसेज प्राप्त गरेको व्यक्तको च्याटबक्सबाट पनि स्वतः डिलिट हुनेछ । 

तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । अर्थात् यसरी मेसेज डिलिट गर्न चाहनेले मेसेज पठाएको १० मिनेट भित्रमा डिलिट गर्नुपर्नेछ । अन्यथा प्रापकको च्याटबक्सबाट मेसेज हट्ने छैनन् ।

अन्ततः मंगलवारबाट फेसबुकले विश्वव्यापी रुपमा सबै प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराउन शुरु गरेको छ । तर, सम्पूर्ण फेसबुक मेसेन्जर प्रयोगकर्ताको एपसम्म यो फिचर पुग्न केही समय लाग्ने फेसबुकले जनाएको छ । 

यसैगरी अब तपाईंले कसैलाई मेसेन्जरमा पठाएको मेसेजमा ट्याप गरेको १० मिनेट भित्र  गरिसकेको हुनुपर्नेछ । त्यसरी ट्याप गर्दा तपाईंले पहिले देख्ने गरेको delete बटनको साटो Remove for you”, र  “Remove for everyone  गरी दुई विकल्प हुनेछन् ।

यदि तपाईंले दोस्रो अप्सनमा ट्याप गर्नुभएमा तपाईंले पठाएको प्राप्त गरेको व्यक्तिको मेसेन्जबाट पनि डिलिट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?