सुन तोलामा चार सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य ४ सयले घटेको छ ।

बुधवार तोलामा ६२ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार ४ सयले घटेको हो ।

बिहीवार सुन तोलाको ६२ हजारमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन तोलामा ६१ हजार ७०० रहेको छ । 

त्यस्तै चाँदी भने आज ८ रुपैयाँले घटेर ७ सय ७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?