नेपाल बैंक लिमिटेडले खोल्यो सबै प्रदेशमा कार्यालय, कुन प्रदेशमा, कुन प्रदेशमा कहाँ ?

काठमाडौं । नेपाल बैंकले संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । 

बैंकले प्रदेश नं १ को विराटनगर, प्रदेश नम्बर २ को वीरगंज, प्रदेश नम्बर ३ को काठमाडौं ,प्रदेश नम्बर ४ को पोखरा र प्रदेश नम्बर ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना  गरि संचालनमा ल्याएको छ ।

यसैगरि प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ मा प्रादेशिक कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको र हाललाई प्रदेश नं ६ को सम्पर्क कार्यालय नेपाल बैंक लिमिटेडको वीरेन्द्रनगर शाखा र प्रदेश नम्बर ७ को सम्पर्क कार्यालय नेपाल बैंक लिमिटेडको शाखा कार्यालय धनगढी मार्फत प्रादेशिक व्यवस्थापनको व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

वि.सं. १९९४ सालमा स्थापित नेपालको अगुवा बैंक नेपाल बैंक लिमिटेड्ले देशका ६० जिल्लामा १५७ शाखा ११ वटा एक्सटेन्सन काउन्टर मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा उपलव्ध गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?