ल्वाङका फाइदै-फाइदा

तपाई ल्वाङको कति प्रयोग गर्नुहुन्छ ? प्रायः सबैको भान्छामा पाईने मसलाहरु मध्ये ल्वाङपनि एक हो । ल्वाङमा औषधि गुणयुतर्फ युजेनल’ नामक तत्व हुन्छ । जसले स्वास्थ्यसम्बन्धि विभिन्न समस्याको समाधान गर्छ । ल्वाङको बोटमा वासनादार फुल हुन्छ जसलाई सुकाएर मसाला बनाईन्छ ।

ल्वाङको उपयोग विश्वभरी नै प्रयोग गरिदैं आइरहेको छ । ल्वाङ भान्छामा खानुका साथै तेलको रुपमा पनि प्रयोग गर्दै आइरहेको छ । शरिरका विभिन्न हाड जोर्नीहरु देखि लिएर दाँत दुखेको ठाउँमा पनि औषधिको रुपमा प्रयोग गर्दै आइरहेको छ ।

ल्वाङबाट हुने फाइदाहरु 

  • ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाईवा नामक रस बढी नै उत्पादन हुन्छ । जसले खाना पचाउन मद्धत गर्नुका साथै ‘एसिडिटी’को समस्याबाट राहत दिलाउँछ । 
  • ल्वाङको सवनले रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । यसमा ‘एन्टि अक्सिडेन्ट’को मात्रा अत्याधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पु-याउछ । 
  • ल्वाङमा हुने पोटासियम र भिटामिन ‘ए’को मात्राले शरिरमा कमजोरीपन आउने समस्याबाट छुटकारा मिल्छ । 
  • ल्वाङले आखाँको ज्योतिलाई कायम राख्न मद्त गर्दछ । साथै पिनासको जोखिमबाट पनि बचाउँछ । 
  • ल्वाङ हालेको चिया नियमित पिउँदा दात बलियो हुने तथा मुखभित्रका घाउ निको हुने हुन्छ । त्यसैगरि कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रणमा सघाउ पु-याउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?