बुहारीले हिर्काउँदा ससुराको मृत्यु

ओखलढुंगा । अंशवण्डाको विषयमा विवाद हुँदा बुहारीले फलामको ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका ५ रुम्जाटारमा स्थानीय ३० वर्षीया तारादेवी गुरुङले फलामको ढुंग्रोले हिर्काउँदा ७० वर्षीय ससुरा रामकाजी गुरुङको मृत्यु भएको हो । 

ससुलाई हिर्काउँने बुहारीलाई बिहीवार प्रहरीले पक्राउ गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?