पूर्वराजदूत हत्याको १ सय ७२ दिन – प्रहरीकोे पुरानै जवाफ: ‘अनुसन्धान जारी छ’

२३ असोज ०७४ मा बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी भएको हत्या भएको झण्डै एक वर्षपछि राजधानीमा सर्वसाधारणलाई त्रसित हुने गरि ‘हाइप्रोफाइल मर्डर’ भयो । 

गत भदौ ४ गते काठमाडौंको बबरमहलमा फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा आफ्नै निवासमा मृत अवस्थामा भेटिए ।

पूर्व नेपाली राजदूत झाको हत्या भएको आज एक सय ७२ दिन भएको छ ।

पूर्व नेपाली राजदूत झाको हत्या भएको आज एक सय ७२ दिन भएको छ । तर प्रहरीले आजको दिन सम्म अपराधी त के अभियुक्त पनि सार्वजनिक गर्न सकेको छैन । 

राष्ट्रका महत्वपूर्ण व्यक्ति, देशको राजधानीजस्तो स्थानमा आफ्नै घरमा सुतिरहेका अवस्थामा मृत भेटिनुले ठूलै हल्लीखल्ली मच्चायो । 

घटनाको प्रकृति हेर्नेबित्तिकै प्रहरीले हत्या नै हो भन्यो र अनुसन्धान शुरु गर्यो । तर घटना भएको पाँच महिना बितिसक्दा पनि प्रहरीले हाईप्रोफाईल मर्डरका दोषी पत्ता लागाउन सकेको छैन ।  

घटना भएको पाँच महिना बितिसक्दा पनि प्रहरीले हाईप्रोफाईल मर्डरका दोषी पत्ता लागाउन सकेको छैन ।

घटनाको वस्तुस्थिति हेर्दा गौचन हत्याकाण्डजस्तो ‘प्लान्ड मर्डर’ नदेखिए पनि घाँटी र टाउकोमा चक्कु प्रहार गरेर हत्या गरिएको घटना रहस्यमय रहेको र छिट्टै नतिजा निकाल्ने हिसाबले अनुसन्धानमा खटिएको प्रहरीको भनाई थियो । 

परराष्ट्र सेवामा ३४ वर्ष योगदान गरेका झा फ्रान्सका लागि २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म नेपालका राजदूत थिए । उमेरले ८० पुगिसकेका भए पनि पछिल्लो समय पनि उनी सामाजिक कार्यमा उत्तिकै सक्रिय थिए ।

भएको के थियो ? 

८० वर्षीय झा भदौ ४ गते काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । टाउकोमा धारिलो हतियारले प्रहार गरिएकाले उनको शरीर रगतभरी रगत लत्पतिएको थियो ।

घटनाको प्रकृति हेरेर प्रहरीले हत्या भएको आशंका गरेको थियो । प्रारम्भीक अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको हतियार घरेलु चक्कु तथा झाको कोठाको झ्यालको जाली काटिएको देखिए पनि प्रहरीले घटनाको वास्तविक तथ्य अहिले सम्म पत्ता लगाउन सकेको छैन ।

आफ्नै कोठामा घरेलु हतियार प्रयोग गरि, मानिस छिर्न नसक्ने झ्यालको जाली काटिएको अवस्था र ओछ्यानमा सुतेका झा मृत अवस्थामा भेटिएकाले उनकै घरको कामदार प्रहरीको शंकाको घेरामा परेका थिए ।

आफ्नै कोठामा घरेलु हतियार प्रयोग गरि, मानिस छिर्न नसक्ने झ्यालको जाली काटिएको अवस्था र ओछ्यानमा सुतेका झा मृत अवस्थामा भेटिएकाले उनकै घरको कामदार प्रहरीको शंकाको घेरामा परेका थिए ।

तत्काल मुचुल्का उठाएर प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पतालमा पुर्यायो । 

महानगरीय अपराध महाशाखाको टोलीले घटनाबारे छानबिनका लागि झाकै घरमा काम गर्ने माली, भान्से र गार्डलाई पक्राउ गरेको थियो । हत्यामा ति तीनै जनाको संलग्नता पुष्टि हुन नसकेपछि प्रहरीले उनीहरुलाई धरौटीमा रिहा गर्यो । झासँगै घरमा श्रीमती र दुई कामदार बस्दै आएका थिए ।

घटनास्थलमा भेटिएको चक्कु जसलाई प्रहरीले सबै भन्दा बलियो सबुत प्रमाण भन्दै आएको थियो । त्यसको बाबजुत पनि अनुसन्धान फितलो बन्दै गइरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले झाको हत्याबारे अनुसन्धान जारी रहेको बताएपनि अहिलेसम्म केही खास उपलब्धि हासिल गर्न सकेको छैन । 

हत्याको एक सय ७२ दिन: अनुसन्धान जारी, उपलब्धि शून्य । 

हत्याको एक सय ७२ दिन: अनुसन्धान जारी, उपलब्धि शून्य । 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरिक्षक तथा प्रवक्ता नरेन्द्र उप्रेतीले घटनाको अनुसन्धान भइरहेको र केही समय लाग्ने लोकपथलाई बताए । 

उप्रेती भन्छन्, ‘अनुसन्धान जारी छ । केहि नयाँ अपडेट आयो भने हामी तपाईहरुलाई खबर गर्छौ ।’ 

‘अनुसन्धान जारी छ । केहि नयाँ अपडेट आयो भने हामी तपाईहरुलाई खबर गर्छौ ।’ 

उता  कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक सय ९४ दिन पुगेको छ । तर हत्या कसले गर्यो अत्तोपत्तो छैन । अनुसन्धान भइरहने तर रिजल्ट नआउने कस्तो खालको अनुसन्धान गर्दैछ प्रहरी ? यतिबेला सदन देखि सडक सम्म उठेकोे ‘साझा’ प्रश्न हो यो ।  

अनुसन्धान भइरहने तर रिजल्ट नआउने कस्तो खालको अनुसन्धान गर्दैछ प्रहरी ? यतिबेला सदन देखि सडक सम्म उठेकोे ‘साझा’ प्रश्न हो यो ।  

यता निर्मलाको हत्यारा को हो भनेर सदनमा आवाज उठिरहँदा पूर्वराजदूत झाको हत्या र हत्याराको विषयमा कुनै पनि प्रश्न उठेका छैन । 

हिजो अर्थात् बुधवार बसेको संसदमा गृहमन्त्री राम बहादुर थापालाई प्रश्नको ओइरो लाग्यो । निर्मलाको हत्या र तामाङद्धयको इन्काउटरको प्रश्नमा जुहारीजस्तो चलेको संसदमा किन झा बारे सबै चुप लागे ?  

सदन देखि सडक सम्म निर्मलाको हत्यारा खोई ? हत्यारा पत्ता लगाउ ! कि सिंहदरबारमा छन् हत्यारा भनेर चर्को आवाज उठ्दा हाई प्रोफाइल मर्डरबारे सबै मौनता साँधिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?