आजबाट ‘समर लभ’ हलमा, सोलो रिलिजको फाइदा उठाउला?

काठमाडौं । आज शुक्रवारदेखि नेपालका हलमा फिल्म ‘समर लभ’ रिलिज भएको छ । सुबिन भट्टराईको उपन्यासमाथि बनेको यो फिल्मले रिलिजअघि राम्रै चर्चा कमाएको थियो ।

मुस्कान ढकालले निर्देशन गरेको यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, सरोज खनाल, सुरजसिंह ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

एउटा विशुद्ध प्रेमकथामा निर्माण भएको यो फिल्ममा आशिष र रेवती अतीत र सायाको भूमिकामा छन् भने फिल्ममा बढी भूमिका पनि यी दुवैको छ ।

सामीप्यराज तिमल्सेनाले स्किृप्ट लेखेको यो फिल्मका संवाद पुस्तकका आधारमा सुबिन भट्टराई र लेखक तिमल्सेनाले लेखेका हुन् ।

फिल्मको ट्रेलर र गीतले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?