घाइते सांसद वलीलाई भेट्न सभामुख महरा हस्पिटलमा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते भएका ५ नं. प्रदेशसभा सदस्य उत्तर कुमार वलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । 

सभामुख महराले शनिवार बिहान मेडिसिटी हस्टिपल पुगी प्रदेश सांसद वलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।  

घाइते सांसद उपचारमा संलग्न डाक्टरहरुले सांसद वलीलाई धेरै चोट लागेको भए पनि खतरामुक्त रहेको र आइसियूमा राखेर उपचार भइरहेको सभामुख महरालाई जानकारी गराएका थिए ।

भेटमा सभामुख महराले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरे । साथै परिवार र आफन्तहरुलाई नआत्तिन आग्रह गरेका थिए ।  

सभामुख महरासँगै घाइते सांसद वलीलाई भेट्न नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधि सभाका सदस्य शान्ता चौधरी पनि मेडिसिटी हस्पिटल पुगेका थिए । 

दाङ क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीवार बेलुकी घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए । उनलाई अहिले मेडिसिटी हस्पिटलको आइसियूमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?