विशेष रक्तिम सांस्कृतिक कार्यक्रममा शर्माको प्रस्तुती

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले आज यहाँ विशेष रक्तिम सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रममा रक्तिमका कलाकारले नृत्य, गीत र नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जीवन शर्माको ‘क्रान्ति त्यसै आउँदैन’, ‘रगतको आहुति बगाउनु पर्दछ’, ‘जहाँ भोक पेटले दाना पानी मागेको हुन्छ’, ‘अन्याय र अत्याचारले जहाँ सीमा नाघेको हुन्छ, त्यहाँ फुट्छ ज्वालामुखी’लगायत जनवादी गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा ‘मिनी ओपेरा’ र ‘सङ्घीयताको फल’ नामक नाटक मञ्चन गरिएको थियो । पद्मोदय माध्यामिक विद्यालयका कक्षा २ मा पढ्ने सफल परियारले ‘बाबु म त पढ्दिन सरकारी लगिदिनु, सरकारी कसोगरी तिरुला चर्को शुल्क अति भयो मनपरी’ शीर्षकमा गीत गाएका थिए ।

रक्तिमका कलाकार हेमराज आश्रित, गीता थापा, विष्णु शर्मा, माया पुन, कमल राना, शोभा गोपालीले सांस्कृतिक प्रस्तुति दिएका थिए ।  सो अवसरमा रक्तिमका केन्द्रीय सदस्य आश्रितले आगामी फागुन १ गते पोखरामा रक्तिमको राष्ट्रिय सम्मेलन हुने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?