बलिउडका चर्चित भिलेन महेश आनन्दको निधन

एजेन्सी । बलिउडका चर्चित भिलेन महेश आनन्दको निधन भएको छ । ५७ वर्षीय महेशको शव शनिवार यारी रोडस्थित उनकै घरमा भेटिएको हो । 

उनको मृत्यु कारण भने खुल्न सकेको छैन् ।

 महेश आनन्द बलिउडमा  ९० को दशकका चर्चित भिलेन हुन् । अन्तिम पटक गोविन्दाको फिल्म ‘रंगीला राजा’ मा देखिएका थिए । उनले बलिउडका चर्चित कलाकार गोविन्दा, सनी देओल, सञ्जय दत्त, अमिताभ बच्चन र धर्मेन्द्रसँग काम गरिसकेका थिए । 

 ‘कुरुक्षेत्र’, ‘कुली नम्बर वान’, ‘शहंशाह’, ‘स्वर्ग’, ‘थानेदार’, ‘आया तुफान’ र ‘प्यार किया नही जाता’ जस्ता फिल्ममा उनले अभिनय गरेका थिए । 

उनको शवलाई पोस्टमोटमको लागि पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?