झापा स्पोर्ट अवार्ड : नवयुग श्रेष्ठ ‘प्लेयर अफ दी इयर’ घोषित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी नवयुग श्रेष्ठ ‘प्लेयर अफ दी इयर’ अवार्डबाट सम्मानित भएका छन् ।

झापा स्पोर्ट अवार्ड अन्तर्गत उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । उनले राष्ट्रिय टिमकै खेलाडी विशाल राई ‘बी’ र अनन्त तामाङलाई पछि पार्दै सो अवार्ड जितेका हुन् । उनले अवार्डसँगै एक थान मोटरसाइकल समेत हात पारेका छन् ।

त्यस्तै देवेन्द्र तामाङ ‘पिपुल्स च्वाइस’ अवार्डबाट सम्मानित भएका छन् । यता महिलातर्फ देवीका खड्का वर्षको उत्कृष्ट खेलाडी चयन हुँदै एक थान स्कुटर हात पारिन् ।

तेज प्रताप पङगवा सुब्बालाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड सम्मान गरे । उनलाई नगद ३५ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो । 

वर्षको उत्कृष्ट युवा खेलाडी भने प्रकास दनुवार चुनिए । बिरु श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु दुवैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । 

अवार्ड कार्यक्रम नेपाल खेलकुद पत्रकार संघको झापाले आयोजना गरेको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?